Below Menu
Below Menu

स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता शेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता शेयर बिक्रीमा

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार