काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गुडविल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज लक्ष्मी उन्नती कोषको शेयरमूल्यमा ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment