Below Menu
Below Menu

सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश पारित 

सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश पारित 

काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार काठमाडौं स्थित एटिक मिटिङ्ग हलमा सम्पन्न भएको हो । 

उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै, आव २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।
 

Advertisment

थप समाचार