काठमाडौं : सुपरमाई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३ करोड छ० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.६३ प्रतिशतका दरले हुन आउने २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Advertisment