काठमाडौं : दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले प्रतिफल वितरण प्रयोजनका लागि भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दैछन्।
जस अनुसार आजसम्म नेप्सेमा कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई ९.५ प्रतिशत र कुमारी धनवृद्धि योजनाले ९.५ प्रतिशतका दरले नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यी दुई फण्डहरुको कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।
Advertisment