काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त र विन्ध्यावासीनी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज हिमालयन पावर पार्टनर शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment