काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदाै ठ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी"[ICRANP-IR] BB" रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग सोमबार सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।
स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो ।
निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ ।
यस कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाा रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर १०० अंकित दरमा सार्वजनिक निष्काशन गर्न लागेकोे हो ।
Advertisment