पूर्वाञ्चल ल्युव आयलले डाक्यो साभारणसभा, लाभांश र आईपीओ जारी गर्ने प्रस्ताव 

पूर्वाञ्चल ल्युव आयलले डाक्यो साभारणसभा, लाभांश र आईपीओ जारी गर्ने प्रस्ताव 

काठमाडौं : पूर्वाञ्चल ल्युव आयल लिमिटेडले सर्वसाधारणलाई प्राथामिक (आईपीओ) शेयर जारी गर्ने भएके छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैंठकले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ९ गते साधारण सभा बोलाएको हो ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभा असोज ९ गते बुधबार एअरपोर्ट होटल सिनामंगलमा बिहान १० बजे सुरु हुनेछ । उक्त सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै चुक्ता पूँजीको १०.५२ प्रतिशतले हुने तीन करोड १५ लाख ७८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभो प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने, प्रवन्धपत्र र नियमावली तथा प्राथामिक शेयर निष्काशनमा गरिने संसोधनन एव परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।


 

थप समाचार