Side Logo
Below Menu

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा पुगेको हो । मंगलार नेप्से ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा एक्सल डेभलपमेन्ट बैंक, समाज लघुवित्त, सामुदायिक लघुवित्त र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज कुमारी इक्विटी फण्डको शेयरमूल्यमा नकारातमक सर्किट लागेको छ । 

Sponsored Advertisment

Advertisment