काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनीले तीन आर्थिक वर्षसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ १७ गते स्वीकृत गरेको हो ।कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनस पाउने भएका हुन् ।
कम्पनीको आव २०७०/०७१ देखि आव २०७२/०७३ सम्म कायम रहेको कुल बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक लेखाजोखा र दायित्व मूल्यांकनसमम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा प्राधिकरणले स्वीकृति प्रदान गरेको थियो ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेका सबै बीमालेखमा आगामी आव २०८१/०८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनस दर कायम गरेको हो । साथै बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।
Sponsored Advertisment
Advertisment