काठमाडौं : बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज २१ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ असोज २२ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि ३२ लाख १६ हजार कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको २८ लाख, स्थानीय बासिन्दाका ४ लाख कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको १६ हजार कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Sponsored Advertisment
Advertisment