काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment