काठमाडौं : बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ लिमिटेड (बिफिन) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बिफिन (कम्पनी) को कार्यालय नयाँ बानेश्वरमा दिउँसो ३ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment