काठमाडौं : टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएक छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित असोज १२ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा बिहान १० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गने, विक्री प्रबन्धक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यसका साथै सभाले सञ्चालक समितिको पनुर्गठन गर्ने, गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment