काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मिड सोलु हाइड्रोपावर, महुली लघुवित्त र श्रीजनशील लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Sponsored Advertisment
Advertisment