Side Logo

लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा 

लाभांश र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा 


काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद जारी गर्ने प्रस्तावससहित साधारणसभा बोलाएको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरु १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ययसका साथै सभामा कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद शेयरलाई परिमार्जन गरी बोनस शेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । 

Sponsored Advertisment

Advertisment