Side Logo

उच्च अकंले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

उच्च अकंले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२२ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । आज उन्नति सहकार्य  लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।  
 

Sponsored Advertisment

Advertisment