Below Menu

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी 

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी 

काठमाडौं : सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।  निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दाबीका लागि सरकारले तिर्नुपर्ने रकम ततकाल निकासा गर्न माग गर्दै आइतबार रिट दायर गरेका थिए । 

उक्त रिटमा आज छलफल गर्दै सर्वोच्च अदातलले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको हो ।  सो मुद्दाको आज सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ जारी गरेको हो। योसँगै सर्वोच्चले  विपक्षीलाई झिकाउने आदेश पनि जारी गरेको छ।

बीमा कम्पनीहरुले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ । 

कोरोना काल बेला साढे तीन अर्ब भन्दा बढी दायित्व सृजना भएमा सरकारले ब्यहोर्ने प्रतिवद्धता गरेपछि बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी बेच्न सुरु गरेका थिए । तर, लामो समयदेखि सरकारले व्यहोर्नुपर्ने कोरोना बीमाको दायित्व नपाएपछि बीमा कम्पनीहरु सर्वोच्च अदालत गएका हुन् । 

 
 

थप समाचार