Below Menu
Below Menu

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?  

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?  

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने एक करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुन आउने ७ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
 

Advertisment

थप समाचार