काठमाडौं : ओरेण्टल को अपरेटिभका बचतकर्ताहरुलाई भक्तपुरको जग्गा दिइने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै आफ्नो बचत रकम बराबरको मुल्यको जग्गा स्वेच्छाले लिई मागदावी फिर्ता गर्न चाहेने बचतकताले १५ दिनभित्र निवेदन पेश गर्न भनेको हो ।
जारी सूचनामा भनिएको छ, ‘संस्थाको विभिन्न ऋणीहरूको नाममा भक्तपुरको साविक गुण्डु गाविसमा रहेका जग्गाहरुमध्येबाट यस कार्यालयमा मागदावी पेश गरेका मागदावी कर्ताहरूले आफ्नो बचत रकम बराबरको मुल्यको जग्गा स्वेच्छाले लिई मागदावी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा निवेदन पेश गर्नु हुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०७९ असोज ७ गते पुनः समस्याग्रस्त घोषित ओरेण्टल को अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा आएको छ ।
Advertisment