Below Menu
Below Menu

रोकिएन शेयर बजारको गिरावट, सात अर्बमा झर्यो कारोबार 

रोकिएन शेयर बजारको गिरावट, सात अर्बमा झर्यो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज उन्नति सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।  
 

Advertisment

थप समाचार