Below Menu
Below Menu

शेयर बजारमा निरन्तर पहिरो, कारोबार साढे ६ अर्बमा खुम्चियो 

शेयर बजारमा निरन्तर पहिरो, कारोबार साढे ६ अर्बमा खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
 

Advertisment

थप समाचार