Below Menu
Below Menu

‘लघुवित्तको ऋण तिर्दिन भन्दै सडकमा हिँड्नेहरू अहिले तिर्न आएका छन्’

‘लघुवित्तको ऋण तिर्दिन भन्दै सडकमा हिँड्नेहरू अहिले तिर्न आएका छन्’

नेपालमा २०४९ चैतदेखि आधुनिक लघुवित्तको सुरुआत भयो । नेपाल र बंगलादेशको गरिबी उस्तै भएकाले लघुवित्त नेपालमा पनि सफल हुन्छ भन्ने उद्देश्यले यो सुरु गरियो । तर, आर्थिक मन्दीका कारण समग्र वित्तीय क्षेत्रमा त्यसको असर पर्यो । वित्तीय क्षेत्रमध्ये लघुवित्त क्षेत्र बढी जोखिममा पर्यो । बिना धितो ग्राहकमा ऋण लगानी गरेका संस्थाहरू बढ्दो खराब कर्जाले थप सकसमा परे । लघुवित्तविरुद्ध चर्को सडक आन्दोलन भयो । अहिले लघुवित्तको अवस्था कस्तो छ र कसरी चलिरहेको छ भन्नेबारे हामीले लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, यादवसँग वित्तीय पोष्ट डटकमकी संवाददाता सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः  

ग्रामीण अर्थतन्त्रको उत्थान र गरिबी निवारणका लागि भनेर लघुवित्त संस्थाहरू खोलिएको थियो । यो लक्ष्यबाट विमुख भएका हुन् ?

माइक्रो फाइनान्सहरु लक्ष्यबाट विमुख भएका छैनन् । गरिबी निवारण सरकारले गर्ने हो लघुवित्तले गर्न सक्दैन । बुझाइमा गलत भएको छ । बैंक तथा वित्तीय संस्थाले गरिबी निवारणमा सहयोग गर्ने हो । आर्थिक स्रोत मात्र दिएर गरिबी निवारण हुन्छ ? हामीले आर्थिक स्रोत दिएर व्यवसायी बन्ने वित्तिकै गरिबी निवारण हुन्छ ? आर्थिक स्रोत माइक्रोफाइनान्सले मात्रै होइन बैंक वित्तीय संस्थाले पनि दिन्छ । 

गरिबी निवारणको मुख्य रूपमा आर्थिक स्रोत चाहिन्छ । यसका साथै अरू पाटो पनि हुन्छन् । व्यावसायिक उद्यमशीलता विकासका लागि उसको क्षमता र सचेतना अभिवृद्धि हुनुपर्याे । यसका लागि स्वास्थ्य शिक्षा लगायतका कुरादेखि उपभोगका कुरामा सुधार हुनुपर्छ । लघुवित्तको उद्देश्य गरिबी निवारण गर्ने होइन । गरिबलाई सहयोग गर्ने हो । गरिबी निवारणमा आर्थिक सहयोग गरी व्यावसायिक तर्फ उन्मुख गराउने हो ।

लघुवित्तहरू आफ्नो लक्ष्यबाट विमुख भएका छैनन् । कर्जा सूचना केन्द्र नहुँदा समस्या थियो । धेरै संस्थाहरू खुलेपछि एउटै मान्छेले धेरै संस्थाबाट ऋण लिए । ऋण लिएर ग्राहकले काम गर्याे की गरेन गनेर संस्थाले पनि खोजी गरेन । ग्राहकले पनि सोचेनन् । संस्थाको पनि कमजोरी थियो । तर, ट्र्याक बाहिर गएको छैन । मल्टी फाइनान्सिङको समस्यालाई लिएर संस्थाहरू लक्ष्यबाट विमुख भए भनिएको हो । संस्थाहरू अब स्वस्थ प्रतिस्पर्धामा देखिएका छन् । 

सहकारी र लघुवित्तलाई उही नजरले हेर्ने गरिएको छ । गाउँमा लघुवित्त र सहरमा सहकारीमा एकै पटक समस्या आउँदा यसको व्यवस्थापनमा कत्तिको कठिनाइ भोग्नुपर्याे ?

सहकारी र लघुवित्तलाई हेर्ने दृष्टिकोण नै भ्रम हो । गल बुझाइको कारणले सहकारी र लघुवित्तलाई एकै हिसाबले दाँजिएको छ । यी दुवै संस्था फरक छन् । सहकारीमा कुनै टार्गेट ग्रुप हुँदैन । जुनसुकै लेभलको मान्छेले सदस्यता लिन पाउँछ । शेयर लिएको मान्छे र बचतपछि मात्रै ऋण लिन पाउँछ । कर्जाको भोलुम पनि तोकिएको छैन ।

लघुवित्त नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिएको संस्था हो । राष्ट्रको नियमनमा चल्छ । सहकारी स्वनियमनमा चल्छ । यहाँ सहकारीमा जस्तो टार्गेट ग्रुप हुँदैन । लघुवित्त ग्रामीण भेग र दुरराजका क्षेत्रको महिलामुखी कार्यक्रम हो । 

सहकारी र लघुवित्तको समस्यामा आकाश–जमिनको फरक छ । तुलनामा उस्तै चीजमा मात्रै गर्नुपर्छ । लघुवित्तको समस्या ऋण असुलीमा हो भने सहकारीको समस्या बचत कर्ताको पैसा फिर्ता गर्न नसकेको अवस्था हो । सहकारीमा अरूको पैसा लिएर फिर्ता गर्न सकेको छैन भने लघुवित्तमा कर्जा लिएको व्यक्तिले फिर्ता गर्दिन मिनाहा हुनुपर्छ भनेर लागेको छ । 
सहकारीका समस्याबाट बचतकर्ता पीडित भएका छन् भने लघुवित्तका समस्यामा संस्था पीडित भएका छन् । 

लघुवित्तले गरेको १ खर्ब बराबरको लगानी जोखिममा छ कि छैन, ऋणीहरूले कर्जा भुक्तानी गर्न थाले ?

अहिले देशभर ५२ वटा लघुवित्त छन् । सबै जिल्लाहरूमा हेर्दा ६० लाख घरधुरीमा संस्था पुगेको छ । जसमा २७ लाखलाई कर्जा प्रवाह गरेको छ । संस्थाबाट कर्जा लिनेमा ९४ प्रतिशत महिला छन् भने ४ प्रतिशत पुरुष रहेका छन् । 

लघुवित्त विशेषगरी महिला र गरिब केन्द्रित रहेको छ । । अहिले संस्थाको लगानी ४ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये २ खर्ब ३० अर्ब रुपैयाँ बैंकबाट स्रोत जुटाइएको अवस्था छ भने एक खर्ब ७७ अर्ब रुपैयाँ संस्थामा आबद्ध ६० लाख ग्राहकबाट उठाएको बचत हो । संस्थामा अहिले ६८ अर्ब रुपैयाँ पब्लिकको लगानी रहेको छ । शेयरपूँजी ३७ अर्ब रुपैयाँ रहेको छ । 

लघुवित्त भनेको बिना धितो, नागरिकता, विश्वास र इमानदारिताको भरमा कर्जा दिने संस्था हो । अन्य बैंक वित्तीय संस्था भन्दा लघुवित्तमा अझै बढी जोखिम छ । बिना धितो ग्राहकको घरमा गएर ऋण लगानी गरेको छ । त्यसैले पनि यो क्षेत्र संवेदनशील छ

तर, संस्थाका धेरै ऋणीहरू महिलाहरू छन् । उनीहरू इमानदार हुने हुँदा सकभर ऋण तिर्ने गरेका छन् । जे कामका लागि ऋण लिएको हो । त्यसमै खर्च गर्ने गरेका छन् । गरिब परिवारलाई कसैले नपत्याएको अवस्थामा लघुवित्तले पत्याएको छ । महिलाहरूलाई लघुवित्त भनेको माइतीघर हो, मलाई केही आवश्यकता पर्याे भने त्यहाँबाट परिपूर्ति हुन्छ र आर्थिक स्रोतका लागि भर पर्दो ठाउँ भन्ने संस्था प्रतिको आफ्नोपन छ । 

ऋणको पुनरसंरसचना गरेपछि एनपीएलमा जान पाएन । एनपीएलको लेभल नियन्त्रण हुने वित्तिकै प्रोभिजन गर्नुपर्ने रकम पनि कम भयो । असारमा असुली पनि राम्रो भएको छ । नगद रकम पनि धेरै उठेको छ । सबै संस्थाको रिपोर्ट हेर्दा नगद दिनेहरू धेरै थिए । ग्राहकको मनस्थिति पनि बदलिएको छ । हिजो सडकमा ऋण मिनाहा गर भन्दै हिँड्नेहरू पनि ऋण तिर्नुपर्छ भनेर आएका छन् । संस्थाहरूको नाफा पनि बढेको छ । 

यसले गर्दा पनि अन्य बैंक वित्तीय संस्थाले धितो लिएर ऋण लगानी गर्दा र हामीले बिना धितो ऋण लगानी गर्दा खराब कर्जाको लेभल खसै फरक छैन ।

लघुवित्तको ठूलो जोखिम भनेको पैसा लिएपछि तिर्नुपर्दैन, बिना धितो लिएको पैसा हो, मिनाहा हुन्छ । पैसा नतिरे पनि हुन्छ भन्ने अराजक प्रवृत्तिले थप जोखिम बढेको छ । तर, विस्तारै आम जनसमुदाय र ग्राहकहरूमा ऋण लिएपछि तिर्नुपर्छ भनेर बुझ्दै गएको पाइएको छ । केही मान्छेहरू भने जसरी पनि पैसा मिनाहा हुनुपर्छ भनेर लागिरहेका छन् ।  

ऋण असुलीको अवस्था हेर्ने हो भने पनि विगतको भन्दा बढेको छ । असार मसान्तसम्मको रिपोर्ट हेर्दा पनि राम्रो ऋण असुली भएको छ । ग्राहकहरू विस्तारै ऋण तिर्नुपर्छ भनेर लागेका छन् ।

लगानी असुलीमा जाँदा कर्मचारी कुटिने अवस्था अहिले छ कि छैन ?

लघुवित्त क्षेत्रमा समस्या आएपछि कार्यालय तोडफोड गर्ने आगलागी गर्ने काम भयो । संस्थामा समस्या आएपछि राष्ट्र बैंकले डा प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा सात जनाको कमिटी बनायो । त्यो कमिटीले ६ महिना माइक्रो लेभलमा अध्ययन र विश्लेषण गरेर एउटा प्रतिवेदन तयार गर्यो ।

उक्त प्रतिवेदन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएपछि लघुवित्तलाई व्यवस्थित गर्न के गर्नुपर्छ भनेर कार्यान्वयनका कुरामा अघि बढेको छ ।

सरकारले पनि लघुवित्त संघर्ष समितिसँग पनि वार्ता कमिटी गठन गरेर छलफल सुरु गर्याे । छलफलपछि सात जनाको कार्यदल बन्यो । राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाको संयोजकत्वमा कमिटी बनाएर अध्ययन सुरु गरियो । उक्त अध्ययनको प्रतिवेदनमा पनि आइसकेको छ । अर्थमन्त्रीले बुझेर उक्त प्रतिवेदन कार्यान्वयनमा पनि आएको छ । 

लगभग तीन महिनासम्म शान्त अवस्था थियो । जब प्रतिवेदन कार्यान्वयनमा आएपछि आफैले ठिक छ भनेर हस्ताक्षर गरे पनि भदौ ११ गते एकै दिन ९ संस्थाको १४ वटा कार्यालयमा आगजनी गर्ने, तोडफोड  गर्ने र कागजातहरू लुटेर मास्ने काम भयो । १२ गते फेरी दुई लघुवित्तको चार शाखामा उही प्रवृत्तिका घटना घटेका छन् । 

हामीले बढी ब्याज लिएका छौँ भने नियामक निकाय छ । मलाई यो संस्थाले बढी ब्याज लियो, सेवा शुल्क भनेर निवेदन दिनुहोस् भनेका छौँ । तर, आजसम्म कतै निवेदन परेको छैन । सडकमा आएर मलाई लघुवित्तले अन्याय गर्याे भनेर माइक लाएर हिँडेका छन् ।

यो प्रवृत्ति भनेको दुर दराजमा रहेको गरिब परिवारलाई आर्थिक स्रोतबाट वञ्चित गरिएको हो । ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई धराशायी बनाउने काम भएको छ । देश विकास गर्नलाई त ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्याे नि । गरिब परिवारलाई माथि उठाउनु पर्याे । उनीहरूलाई आर्थिक स्रोतदेखि लिएर गैर वित्तीय र वित्तीय सेवा दिएर आर्थिक सामाजिक रूपले माथि उठाउनु पर्याे नि । 

लघुवित्त माथिको प्रहारलाई सरकारले रोक्नुपर्छ । विगतका तुलनामा संस्थामा धेरै करेक्सन भइसकेको छ । मर्ज भएर संस्थाहरू स्वस्थ प्रतिस्पर्धामा आएका छन् । धेरै संस्थाबाट ऋण लिन नपाइने व्यवस्था गरिएको छ । एउटा ऋणीले दुई संस्थाबाट बढीमा ७ लाखसम्म मात्रै ऋण लिन पाउने व्यवस्था छ ।

कर्मचारीहरूको मनस्थिति र ग्राहकलाई दिने सेवामा पनि धेरै परिष्कृत भइसकेको अवस्था छ । 

संस्थाको खराब कर्जा घटेको अवस्था छ नि ? 

अहिले संस्थाको खराब कर्जा कम हुनुमा राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा ल्याएर पनि हो । वास्तविक रूपमा समस्यामा परेको र परिस्थितिवश समस्यामा परेर ऋण तिर्न नसकेको असल वर्गमा नै रहेको ग्राहकलाई कर्जा पुनर्संरचनाका लागि एक वर्षको समय दियो राष्ट्र बैंकले यो सुविधाले पनि एनपीएल कम भएको हो । 

ऋणको पुनरसंरसचना गरेपछि एनपीएलमा जान पाएन । एनपीएलको लेभल नियन्त्रण हुने वित्तिकै प्रोभिजन गर्नुपर्ने रकम पनि कम भयो । असारमा असुली पनि राम्रो भएको छ । नगद रकम पनि धेरै उठेको छ । सबै संस्थाको रिपोर्ट हेर्दा नगद दिनेहरू धेरै थिए । ग्राहकको मनस्थिति पनि बदलिएको छ । हिजो सडकमा ऋण मिनाहा गर भन्दै हिँड्नेहरू पनि ऋण तिर्नुपर्छ भनेर आएका छन् । संस्थाहरूको नाफा पनि बढेको छ । 

कर्जाको पुनर्संरचना र असुलीले पनि संस्थाको नाफा एनपीएल घटेको छ भने बैंकहरुको घट्दो ब्याजदरले पनि वेशरेट कम हुँदा ऋणको कस्ट अफ पनि कम हुँदै गएको छ । १ प्रतिशत मात्रै कस्ट अफ फण्ड कम भयो भने २ अर्ब ३० करोड रुपैयाँ आयो । 

राष्ट्र बैंकले मौद्रिक नीति र सो पछिको निर्देशनमार्फत लघुवित्तका ऋणीहरूलाई सहुलियत दिने गरी २०८१ पुस मसान्तसम्म कर्जाको पुनर्संरचना र पुनरतालिकीकरण गर्न पाउने सुविधा दिएको छ । हालसम्म कति ऋणको पुनर्संरचना तथा पुनरतालिकीकरण गर्नुभयो ?

राष्ट्र बैंकले पहिलो जारी गरेको सर्कुलरमा सीमित समय थियो । असल वर्गमा रहेको ऋणीको मात्रै कर्जा पुनर्संरचना गर्ने अवस्था थियो । अहिलेको सर्कुलरले परिस्थितिवश (आर्थिक मन्दीको कारण, व्यवसायी धराशायी बनेको) ऋण तिर्न नसकेका ग्राहकको पहिचान गरी उनीहरूको इच्छा र चाहना अनुसार अधिकतम ३ वर्षसम्म उसको क्षमता हेरेर कर्जा पुनरसंरना गर्ने व्यवस्था गरेको छ । 

यो सर्कुलरले ग्राहकका लागि असाध्यै ठूलो सहजीकरण गर्न खोजेको छ । पैसा तिर्न नसकेर गाह्रो भयो समय दिएमा विस्तारै तिर्छु भन्ने ग्राहकलाई सम्बोधन गरेको छ । समस्याबाट ग्राहलाई राहत दिन खोजिएको छ । पुस मसान्तसम्मको समय दिइएको छ । संस्थाहरूले अहिले परिस्थितिवश समस्यामा परको ग्राहकको पहिचान गरिरहेका छन् । 

राष्ट्र बैंकको उक्त व्यवस्थाले ग्राहक र संस्था दुवैलाई फाइदा भएको छ । ऋण तिर्न अवधि थपिएपछि ग्राहकको किस्ता तिर्ने भार कम भएको छ । 

लघुवित्त भन्ने वित्तिकै चर्को ब्याज असुली र सेवा शुल्कका नाममा मोटो रकम असुली हो, भन्ने भाष्य स्थापित छ नि । यसमा के भन्नु हुन्छ ?

यो भाष्य स्थापित गर्न खोजिएको मात्र हो । मान्छेलाई अन्यौलता पार्न खोजिएको हो । माइक्रोफाइनान्सको नियमन राष्ट्र बैंकबाट भइरहेको छ । राष्ट्र बैंकले ब्याजदर पनि तोकेको छ । १५ प्रतिशतको क्याप लगाएको छ । यो सिस्टम र पोसिलीबाट चल्ने क्षेत्र हो  । 

यहाँ म्यानुपुलेट गर्ने अवस्था छैन । कारोबार पारदर्शी छ । त्रैमासिक रूपमा वित्तीय विवरण प्रकाशित गर्नुपर्छ । १५ प्रतिशत भन्दा बढी ब्याज लियो भन्ने मिटरबाजीसँग तुलना गर्ने प्रवृत्ति लघुवित्त माथिको अन्याय हो । दुरदराज र ग्रामीण क्षेत्रमा बसेको गरिबप्रतिको अन्याय हो ।

राजनीतिक व्यक्तिहरूलाई भेटघाट गरेर बुझाउने कुरादेखि सरकारका मन्त्रीसम्मलाई भेट्नका लागि हाम्रो समय गएको छ । संस्थामा घटना घटिरहेका बेला सुरक्षाका दृष्टिले कसरी अघि बढ्ने भनेर लागिरहेका छौँ । माइक्रोफाइनान्सलाई बुझाउने र साक्षरताका कुरामा बढी केन्द्रित भएका छौँ । माइक्रोफाइनान्सको वकालतमा हामी बढी केन्द्रित हुनुपर्छ । 

हामी १५ प्रतिशत भन्दा बढी ब्याज दिएका छैनौँ । सेवाशुल्क १.५० प्रतिशत थियो अहिले १.३ प्रतिशतमा झरिसक्यो । यो भन्दा माथि कसैले सेवा शुल्क लिन पाउँदैन । बजारमा ३० प्रतिशत ब्याज लियो भनेर सडकमा उफ्रिरहेका छन् । जसमा कुनै सत्यता छैन ।

हामीले बढी ब्याज लिएका छौँ भने नियामक निकाय छ । मलाई यो संस्थाले बढी ब्याज लियो, सेवा शुल्क भनेर निवेदन दिनुहोस् भनेका छौँ । तर, आजसम्म कतै निवेदन परेको छैन । सडकमा आएर मलाई लघुवित्तले अन्याय गर्याे भनेर माइक लाएर हिँडेका छन् ।

यो अरू केही होइन व्यक्तिगत लाभका लागि र राजनीतिक लाभका लागि जे पनि गर्नुपर्छ भन्ने मानसिकताबाट अभिप्रेरित भएर लागिरहेका छन् । संस्थाले बढी ब्याज लिएका छन् भने प्रमाण लिएर आउनुहोस् त्यसको दण्ड भोग्न हामी तयार छौँ । लाइसेन्स लिएर सिस्टममा चलेको संस्थालाई मिटरबाजीसँग तुलना गर्न मिल्दैन ।

तपाईको कार्यकालमा समग्र लघुवित्त क्षेत्रको सुधारमा के कस्तो काम गर्नुहुन्छ ?

नेपाल लघुवित्त बैंकर्स संघले तीन वटा पाटोमा काम गर्दैछ । हाम्रो धेरै समय पोलिसी लेभलको लबिङको कुरामा गइरहेको छ । राष्ट्र बैंकसँग समन्वय गर्ने र सुझाव दिने भइरहेको छ । अहिले संस्थाप्रति अराजक गतिविधि धेरै भएको छ । हाम्रो अधिकांश समय त्यता गएको छ ।

राजनीतिक व्यक्तिहरूलाई भेटघाट गरेर बुझाउने कुरादेखि सरकारका मन्त्रीसम्मलाई भेट्नका लागि हाम्रो समय गएको छ । संस्थामा घटना घटिरहेका बेला सुरक्षाका दृष्टिले कसरी अघि बढ्ने भनेर लागिरहेका छौँ । माइक्रोफाइनान्सलाई बुझाउने र साक्षरताका कुरामा बढी केन्द्रित भएका छौँ । माइक्रोफाइनान्सको वकालतमा हामी बढी केन्द्रित हुनुपर्छ । 

देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरूलाई व्यापक रूपमा लगिरहेका छौँ । प्रविधिमैत्री ग्राहकलाई कसरी लैजाने, संस्थालाई स्वनियमनमा कसरी अघि बढाउने भन्ने तर्फ लागेका छौं । कामको एकरूपतामा सबैको मानसिकता एउटै हुनुपर्याे । ग्राहक संरक्षणदेखि कर्मचारी र ग्राहकका गुनासो सुनुवाइका लागि काम गरिरहेका छौँ । त्यस्तै क्षमता अभिवृद्धि र अनुसन्धानतर्फ  पनि लागेको छौँ । संस्थाले अहिलेसम्म गरेका कामले कस्तो प्रभाव पार्याे भन्ने कुराको अध्ययन अनुसन्धान गरी संस्थालाई सबलीकरण मर्यादित र र सम्मानित बनाउन लघुवित्त बैकर्स संघ लागिपरेको छ ।

Advertisment

थप समाचार