काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले २५ प्रतितशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निणर््य गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १८ गते तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा हुनेछ ।
सभाले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment