काठमाडौं : नेपाल ल्युव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे।
उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो ११ बजे साधारणसभा डाकेको छ । उक्त सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले एफपीओ निष्कासन पश्चात प्राप्त पुँजीको उपयोग, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न, प्रबन्धपत्र तथा नियमवाली संशोधन गर्न सञ्चालक समितिले अख्तियारी दिने, कम्पनीको साधारण शेयरहरु प्रिमिय मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने, लेखा परिक्षक नियुक्ति गर्ने लगायतका प्रस्तनवहरु पनि पारित गर्ने छ ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते देखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज ३ गतेसिम्म कायम शेयरधनीले मात्र कम्पनी साधारणसभा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Advertisment