Below Menu
Below Menu

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा पराजुली र ढकाल निर्वाचित

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा पराजुली र ढकाल निर्वाचित

काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा विनोद पराजुली र चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ अनुसार बोर्डमा केन्द्रीय सहकारी संघहरु मध्येबाट २ जना सञ्चालक रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघका अध्यक्ष पराजुली र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष ढकाल निर्वाचित भएका हुन् । उनिहरु १६ केन्द्रीय संघहरु मध्येबाट निर्वाचित भएका हुन् । 

निर्वाचनमा उखु केन्द्रीय संघका अध्यक्ष रामचन्द्र कुशवाह पनि सहभागी थिए । निर्वाचन मत परिणाम अनुसार ढकालले १२, पराजुलीले ११ र कुशवाहले ३ मत प्राप्त गरेका थिए।

निर्वाचित सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।

Advertisment

थप समाचार