Below Menu
Below Menu

शेयर बजारमा ७८ अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

शेयर बजारमा ७८ अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४७ करोड ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेञ्चर,  इस्टर्न हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment