काठमाडौं : इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षके मुनाफबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १८ गते साधारणसभा आह्वान गरेको छ ।
उक्त सभा कम्पनीको मुख्य कार्यालय अनामनगर, काठमाडौंमा दिउँसो ३ हुनेछ । सभाले प्रस्तावित लाभांश, बोनस शेयर वितरणपश्चात् सोही हदसम्म कायम हुने गरी चुक्ता पूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्नेर यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले अघिल्लो आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहितका अन्य वित्तीय विवरण पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १० देखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुने र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Advertisment