Below Menu
Below Menu

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार 

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हिमालयन हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट,  इस्टर्न हाइड्रोपावर र रिभर फल्र्स कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment