Below Menu
Below Menu

वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको आग्रह 

वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको आग्रह 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । 

आइतबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१÷८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले उक्त शुल्क बुझाउन बाँकी कम्पनीहरुले निम्नानुसार बुझाउन भनेको हो ।

यसका साथै  ५० करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने नेप्सेले जनाएको छ । त्यस्तै ५० करोड रुपैयाँभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापत १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । 

नेप्सेका अनुसार डिबेञ्चर, म्युचुअल फण्ड (सामुहिक लगानी कोष) को वार्षिक नवीकरण शुल्कमा ५० करोडसम्म चुक्ता पुँजी भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्नेछ । 

कम्पनीहरुले वार्षिक नवीकरण शुल्क र्तिनका नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्ने सूचनामा उल्लेख छ । तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सले जनाएको छ ।


 

Advertisment