काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातदेखि लागू हुने गरि पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घटेको हो ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैयाँ र डिजेल/मट्टीतेलको १४९ रूपैयाँ कायम भएको छ । अन्य इन्धनको मूल्य भने यथावत छ ।