Below Menu
Below Menu

सहकारीले सेवा शुल्क लिएर सदस्यको शोषण गरे: पूर्वअर्थमन्त्री डा खतिवडा

सहकारीले सेवा शुल्क लिएर सदस्यको शोषण गरे: पूर्वअर्थमन्त्री डा खतिवडा

काठमाडौं : सहकारी संस्थाहरुले सदस्यसँग सेवा शुल्क लिएर शोषण गरेको पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । सहकारीहरुले लिने ब्याज आफैमा सेवा शुल्क रहेको बताउँदै खतिवडाले ऋण प्रवाह गर्दा थप सेवा शुल्क लिनु शोषण भएको बताए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको ‘सहकारी समस्या र समाधान उपाय’ सम्बन्धी विचार गोष्ठीमा बोल्दै डा खतिवडाले सहकारीलाई नाफा खोज्ने संस्थाको रुपमा विकास नगर्न आग्रह गरे । सहकारीले कर छुट लिएर व्यवसाय गर्ने अनि नाफा लिने प्रवृत्ति गलत भएको उनको दाबी छ ।

सहकारीमा आएको पैसा सबै शुद्ध नभएको भन्दै उनले सबै पैसा दिन सरकार बाध्य हुनु नपर्ने धारणा राखे । स्रोत नखुलेको बचत राज्यले जफत गर्नु पर्ने समेत उनले तर्क गरे।

कोरोना पछिको दोस्रो मौद्रिक नीतिमा कडाइ भएपछि सहकारीमा समस्या देखिन थालेको उनले स्मरण गरे । बैंकमा समस्या पर्यो भने राष्ट्र बैंकले विभिन्न विधि अपनाएर रेस्क्यु गर्छ, तर सहकारीको ५ लाख उठेन भने आसपासका धेरै सहकारीमा समस्या हुने उनको भनाइ छ ।

सहकारी ऐन ढिला आउनु, नियमन नहुनु मुख्य समस्या भएको उनको बुझाइ छ । अहिले सहकारी सहकारी जस्तो नभएर फाइनान्स जस्ता भएको उनले बताए ।

Advertisment

थप समाचार