काठमाडौं : शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते साधारण बार्षिक सभा बोलाएको छ ।
सभाले अघिल्लो आर्थिक बर्ष २०७९ /८० को बार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमीक समेत निर्धारण बारे छलफल गर्ने छ ।
कम्पनीको नियमावली नियम २७ (२) को व्यवस्था संशोधन प्रस्ताव सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते १ दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन योग्य हुनेछ । लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् ।
कम्पनीले असोज २३ गते बुधबार बिहान ११ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा बार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ ।