काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभए पछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको यी शेयर खरिदका लागि तोएिको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज ७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।
सो आवेदन कम्पनीको शेयर बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
Advertisment