काठमाडौं : माहुली लघुवित्त वित्तिय संस्थाले ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न चहाने इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी के कति कित्ता शेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई वित्तिय संस्थाको केन्दीय कर्यालय अग्नीसाइर कृष्णसवरण ६, महुली सप्तरीमा निवेदन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।
Advertisment