काठमाडौं : सानिमा लाईफ इन्स्योरेन्सले सातौं साधारण सभा बोलाएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित लाभांश पारित गर्न साधारणसभा गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १८.३८११ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ। उक्त प्रस्तावित लाभांश पारित गर्न इन्स्योरेन्सले असोज २३ गते साधरण सभा बोलाएको हो ।
उक्त सभा अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनगर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ ।
साधारणसभा प्रयाेजनका लागि इन्स्योरेन्सले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार असोज १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।