Below Menu
Below Menu

बागमती प्रदेश सहकारी संघको नेतृत्व चयनमा दलीय भागबन्डा, अभियन्ता ओझेलमा

बागमती प्रदेश सहकारी संघको नेतृत्व चयनमा दलीय भागबन्डा, अभियन्ता ओझेलमा

काठमाडौं : बागमती प्रदेश सहकारी संघमा दलिय भागबन्डाका आधारमा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन भएको छ । 

मंगलबार सम्पन्न संघको ४औं वार्षिक साधारण सभाबाट मुख्य राजनीतिक दलहरुले सहकारी आफ्नो पेवा ठानी पद बाँडफाँड गरी नेतृत्व चयन गरेको हो । जसअनुसार नेकपा (एमाले)ले अध्यक्ष, महासचिव र लेखा समिति संयोजकसहित ९, नेपाली कांग्रेसले वरिष्ठ उपाध्यक्षसहित ६, माओवादीले महिला उपाध्यक्षसहित २ र समाजवादीले सचिवसहित २ पद बाँडफाँड गरेर नेतृत्व हत्याएका छन् ।

संघको नवनिर्वाचित अध्यक्ष रामशरण शर्मा घिमिरे एमाले हुन् । उनी यस अघि पनि अध्यक्ष थिए । त्यस्तै एमाले कोटाबाट महासचिव नेत्रराज पौडेल महासचिव बनेका छन् । त्यस्तै एमालेबाटै रामराज पौडेल, रामहरि न्यौपाने, श्यामकाजी कटुवाल, कल्पना श्रेष्ठ, कृष्णप्रसाद तिमल्सिना, कृष्णप्रसाद सुवेदी सञ्चालक बनेका छन् । त्यस्तै विकल्प पाठक पनि एमाले कोटाबाटै लेखा सुपरीवेक्षण समिति संयोजक बनेका छन् ।

त्यस्तैगरी नेपाली कांग्रेसबाट जगतलाल महर्जन वरिष्ठ उपाध्यक्ष बनेका छन् । शम्भुलाल श्रेष्ठ, मन्दु थापा, वेदुकाजी घिमिरे, ध्रुवराज मिश्र सञ्चालक बनेका छन् भने सृजना शर्मा चुडाल लेखा सुपरीवेक्षण समिति सदस्य बनेकी छिन् ।

त्यस्तै मओवादीबाट कल्पना रिमाल महिला उपाध्यक्ष बनेकी छिन् । त्यस्तै माओवादी कोटाबाटै सिद्धिकुमार मानन्धर लेखा सुपरीवेक्षण समिति सदस्य बनेका छन् । यता समाजवादी कोटाबाट देवराज न्यौपाने सचिव बनेका छन् भने रमेशकुमार कार्की सञ्चालक बनेका छन् ।

सहकारी जस्तो पवित्र क्षेत्रमा यसरी राजनीतिक दलहरु बीच भागबन्डा गरेर नेतृत्व हत्याउनु गलत हो । सहकारी बुझेका, लामो समयदेखि सहकारी अभियानमा सक्रिय भएका, प्रारम्भिक संस्थालाई सुशासनमा चलाएका र अभियानलाई गति दिन सक्ने व्यक्ति संघको नेतृत्वमा आउनु पर्ने हो । तर यसरी भागबन्डा गर्दा साँच्चिकै अभियन्ता छुटेका छन् भने सहकारिताकम राजनीतिक बढी गर्ने व्यक्ति नेतृत्वमा पुगेका छन् ।

सहकारी क्षेत्रमा राजनीतिक दल निकटका व्यक्तिको हाबी हुँदा अभियानले गुणात्मक फड्को मार्न सकेको छैन । यी र यसरी नेतृत्व चयल गर्दा पछिल्लो समय सहकारी अभियान बदनाम बन्न पुगेको छ।

Advertisment

थप समाचार