Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार साढे पाँच अर्बमा समेटियो  

रोकिएन शेयर बजारको पहिरो, कारोबार साढे पाँच अर्बमा समेटियो  

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिइको छ । आज बजारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कालिका लघुवित्त वित्तिय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment