काठमाडौं : एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले बुक क्लोजको मिति तय गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले प्रतिफल वितरण प्रयोजनका लागि असोज ११ गते एकदिनका लागि बकुक्लोज गर्ने भएको हुन् ।
जस अनुसार असोज १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्तावित गरेको प्रतिफल पाउनेछन् । एनएमबि फिफ्टीले इकाइधनीहरुलाई कर सहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने गरेको छ ।