Below Menu
Below Menu

५० करोडमा लागतमा नेपालमै खुल्यो ‘भिडोल लुब्रिकेन्ट’, आपुर्तिमा सहज हुने दाबी

५० करोडमा लागतमा नेपालमै खुल्यो ‘भिडोल लुब्रिकेन्ट’, आपुर्तिमा सहज हुने दाबी

काठमाडौं : बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’ ले नेपालमा भिडोल ब्रान्डको इन्जिन आयलको उत्पादन शुरु गरेको छ । युनाइटेड लुब्रिकेन्टको साझेदारीमा बेलायत ब्रान्डको भिडोलले नेपालमा फ्रेन्चाइज उत्पादन शुरु गरेको हो । 

असोज १ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेशनल लिमिटेड, युकेका निर्देशक अरिजित वासुलेलुब्रिकेन्ट फ्याक्ट्रीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

नेपाल गोल्डका लागि आधिकारिक उत्पादन युनाइटेड लुब्रिकेन्टले मिथिला ३, लालभट्टिया धनुषामा ५० करोड लगानीमा भिडोल ब्राण्डका लुब्रिकेन्टहरुको उत्पादन सुरु गरेको हो । 

कुल १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरी विभिन्न इन्जिन आयत, ग्रिज तथा लुब्रिकेन्ट उत्पादनको सुरु गरेको छ । गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले जानकारी दिए ।

नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कुनै कमी नहुने बताउँदै उनले नेपालमा इन्जिन आयलको आपूर्तिमा पनि सहज हुने बताए । नेपालमा इन्जिनका सवरी प्रयोगकर्ता धेरै  भएको हुँदा त्यसका लागि आवश्यक पर्ने तेलहरु भारत लगायतका देशहरुबाट आयात गर्नुपर्ने हुन्छ । नेपालमै लुब्रिकेन्ट बन्दा सहुलियत हुने उनको भनाई छ ।

कम्पनीले उक्त उद्योगको निर्माण सन् २०२१ मा सुरु गरेर ३ वर्षमा सम्पन्न गरी सन् २०२३ देखि व्यवसायिक उत्पादन शुरु गरेको हो । भिडोल प्लान्टबाट वार्षिक ६ हजार टन लुब्रिकेन्ट्र उत्पादन हुने प्रबन्ध निर्देशक मिश्रले दाबी गरे । 

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालका अन्ुसार विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति रहेको छ ।

उक्त उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । 

जनरल म्यानेजर खनालका अनुसार मेन प्लान्ट ३८ हजार ४२५ वर्गमिटर क्षेत्रफलमा रहेको छ भने कच्चापदार्थ स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वाइरहाउस क्षेत्र ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी कोलोनी क्षेत्र ४ हजार १ सय वर्गफिटमा रहेको छ । 

यसका साथै कम्पनीले आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चपदार्थ भारतबाट आयात गरी लुब्रिकेन्टको ब्लिडिङ गर्नेगर्छ भने तयारी लुब्रिकेन्ट नेपाल भरका मार्केटमा बिक्री वितरण गर्ने उनले जानकारी दिए ।

मासिक १० लाख लिटर (१ हजार किलोलिटर) लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले उनले जानकारी दिए । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दैआएको छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । 

साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओइएम प्रोडक्टका रुपमा प्रयोग गर्न सिफरिस गरेको कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार