Below Menu
Below Menu

बीमा कम्पनीहरूमा एनएफआरएस लागू गर्न प्राधिकरणले सहजीकरण गर्छ: अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूमा एनएफआरएस लागू गर्न प्राधिकरणले सहजीकरण गर्छ: अध्यक्ष सिलवाल

काठमाडौं :  नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ एनएफआरएस ( १७) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउनलागेको को एनएफआरएस – १७ कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नविनम् प्रविधिको प्रयोग लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस – १७ कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने एनएफआरएस – १७ कार्यान्वयन गर्न कठिनाई भए पनि कार्यान्वयन गर्नु पर्छ, गर्न सकिन्छ, यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ, नियामक निकायहरू सहयोग गर्न तयार छन् ।”
अध्यक्ष सिलवाल एनएफआरएस – १७ कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू रहेको समिति गठन गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइसिएनका अध्यक्ष प्रवीण कुमार झाले बीमा क्षेत्रमा एनएफआरएस – १७  कार्यान्वयनका लागि आइसिएन बाट सूचना आदान प्रदान लगायत पूर्णरूपमा सहयोग हुने जानकारी दिए ।
लेखापरीक्षणमान बोर्ड ९एयुएस्बिका अध्यक्ष अनुप कुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
लेखामान बोर्ड (एएस्बीका) अध्यक्ष प्रकाशजंग थापाले आगामी आर्थिक वर्षदेखि एनएफआरएस – १७ कार्यान्वयन गर्नका लागि ठोस कार्ययोजनाका साथ समयमैं काम शुरू गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल अधिकारील एनएफआरएस , आरबिसि, आरबिएस  र  ओआरएस्ए को  कार्यान्वयनबाट बीमा क्षेत्र थप सबल, विश्वसनीय, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको  थियो ।
बीमा क्षेत्रमा आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस ( १७ पूर्णरूपमा कार्यान्वयनमा आउने र बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२र८३ देखि एनएफआरएस ( १७ मा आधारित वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।

Advertisment