काठमाडौं : सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्यबहादुर थापाको संयोजकत्वमा गरिएको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक भएको हो ।
शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदन गत भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको थियो । सभामुख देवराज घिमिरेले यो प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए ।
Advertisment