Below Menu
Below Menu

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको शेयरमूल्य समायोजन

सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । 

यी दुई कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार सीइडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनसपछिको शेयरमूल्य १८२९ दशमलव ७३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २०३१ रुपैयाँमा भएको थियो । 

त्यस्तै ओरियन्टल होटल्सको ५ प्रतिशत बोनसपछिको शेयरमूल्य ९८० दशलमव ९५ रुपैयाँमा समायोजन भएको छ । होटलको अन्तिम कारोबार १०३० रुपैयाँमा भएको थियो । 


 

Advertisment