काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५९.२ अंकले घटेर २५२९.३३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १० कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा अप्पर स्याङगे हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ७.८३ प्रतिशतले बढेको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment