Below Menu
Below Menu

१५ प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति माग्दै युनाइटेड अजोडले दियो बोर्डमा निवेदन  

१५ प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति माग्दै युनाइटेड अजोडले दियो बोर्डमा निवेदन  

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । 

बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३१ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 
 

Advertisment