तीव्र उचारढावबीच नेप्सेमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार 

तीव्र उचारढावबीच नेप्सेमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

थप समाचार