काठमाडौं : ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषण गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको छ ।
न्यायाधीश ऋषीराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलाशले श्री लालीगुराँसलाई समस्याग्रस्त घोषणा गर्ने सरकारको निर्णय बदर गरेको सो मुद्दामा बहस गर्ने कानुन व्यवसायी रामकृष्ण लामिछानेले जानकारी दिए।
अदालतको आदेशसँगै संस्था सञ्चालन हुने बाटो खुलेको छ ।
आफूहरुले संस्थाका आम बचतकर्ता सदस्यहरुको तर्फबाट बहस गरेको सुनाउँदै लामिछानेले आजको आदेशले अध्ययन र सुनुवाईको मौका नदिई हचुवाको भरमा समस्याग्रस्त घोषणा गर्ने र बर्षौंसम्म बचतकर्तालाई झन् पीडा दिने सरकारी प्रवृत्तिलाई निरुत्साहित गरेको बताए ।
Advertisment