काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक बर्षको दोस्राे महिनामा नेपालले १२३ वटा देशसँग व्यापार गरेको छ । जसमध्ये नेपालले १०७ वटा देशसँग व्यापार घाटा व्यहोरेको छ १६ वटा देशसँग नाफामा रहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । भदौ महिनासम्म नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख बराबरको सामान आयात गर्दा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
विभागका अनुसार नेपालले सबैभन्दाबढी भारतसँग व्यापार घाटा व्यहोरेको छ । एक महिनामा नेपालले १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै यस अवधिमा अष्ट्रेलियासँगकाे व्यापार घाटा ५१ अर्ब ८० करोड ३९ लाख ७९ हजार रुपैयाँ रहेको छ । अष्ट्रेलियाबाट ४ अर्ब १४ करोड ९८ लाख १२ हजार आयात हुदाँ ४० करोड ३३ लाख ८४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
यस अवधिमा मलेसिसँगको वैदेशिक व्यापारमा नेपालले २ अर्ब ५९ करोड ३५ ३५ लाख १३ हजार व्यापार घाटा व्यहोरेको छ । त्यस्तै कतारसँग ४ अर्ब २ करोड ८१ लाख २६ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ ।
यस अवधिमा नेपालले वैदेशिक व्यापारमा नाफामा रहेका देशहरुमा १६ वटा रहेका छन् । जसमा अफगानस्थानसँगको वैदेशिक व्यापारमा २० करोड ९४ लाख ६८ हजार नाफामा रहेको छ । नाफामा रहेका अन्य देशहरु अस्ट्रिया, युनाइटेड, किङ्डम, भेनेजुएला लगायतका देशहरु रहेका छन् ।
Advertisment