विद्युत नियमन आयोगबाट अपी पावरको लाभांश अस्वीकृत

विद्युत नियमन आयोगबाट अपी पावरको लाभांश अस्वीकृत

काठमाडौं : विद्युत नियमन आयोगले अपी पावरले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो।

आयोगले भने कम्पनीको उक्त आर्थिक वर्ष लेखापरीक्षणबाट अनरिलाइज्ड गेनलाई खुद मुनाफामा देखाई लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जबाफ पेस गर्न गत भदौ १९ गते कम्पनीलाई पत्राचार गरेको थियो।

कम्पनीले भदौ २० गते आयोगमा पत्र पठाएर कम्पनीको उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन मानअनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजारमूल्यमा प्रस्तुत गरेको र सो बजारमूल्य थपघटलाई नाफा–नोक्सान हिसाब अथवा विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भएबमोजिम गरिएको जबाफ दिएको थियो।

आयोगले भने त्यस विषयमा छलफल गर्दा यस्तो कार्यलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०)ले बर्जित गरेको हुँदा स्वीकृति दिन नमिल्ने जनाएको छ।

थप समाचार