काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५८.९३ अंकले बढेर २४७०.३९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज अपि पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४७ करोड ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । ाज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । आज ग्रिन भेन्चर लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ
Advertisment